निर्वाचन आयोगको आग्रह- चाडपर्वको मौका पारेर मतदातालाई प्रलोभनमा पार्न पाइँदैन

‘मंसिर ४ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले सुशासन, विकास र समृद्धिको स्पष्ट मार्गचित्र कोर्नेछ भन्ने विश्वास लिएको छु ।’

नेपालभ्युज

निर्वाचन आयोगको आग्रह- चाडपर्वको मौका पारेर मतदातालाई प्रलोभनमा पार्न पाइँदैन

काठमाडौँ । निर्वाचन आयोगले चाडपर्वको मौका पारेर मतदातालाई प्रलोभनमा नपार्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । दीपावली, छठ र नेपाल सम्वत्‌को पूर्वसन्ध्यामा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘चाडपर्वकाे मौका पारेर निर्वाचनका लागि जारी गरिएको आचारसंहिताविपरीत मतदाताहरूलाई अवाञ्छितरूपमा प्रलोभन दिने र प्रभावित पार्नेजस्ता गतिविधि म सम्बन्धित सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सबै मतदाताहरूमा हार्दिक अनुरोध गर्दछु ।’

आयोगले आसन्न निर्वाचनले समृद्धिको स्पष्ट मार्गचित्र कोर्ने विश्वाससमेत लिएको छ । ‘मंसिर ४ को प्रतिनिधि र प्रदेश सभाको निर्वाचनले सुशासन, विकास र समृद्धिको स्पष्ट मार्गचित्र कोर्नेछ भन्ने विश्वास लिएको छु,’ आयुक्त थपलियाले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved