फाँसीवादको प्रवर्द्धन गर्ने शक्तिहरूबीचको एमाले गठबन्धन अपवित्र छ- भट्टराई

‘‘कतिपयले भन्ने गर्छन् यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो। विचारविहीन ढङ्गले राजावादी, पृथकतावादी, आफूलाई वामपन्थी भनेर चरम उग्रराष्ट्रवादको नारा दिएर राष्ट्रिय समाजको फाँसीवादीको प्रवर्द्धन गर्ने शक्तिहरूबीचको यो गठबन्धन अपवित्र हो।’

नेपालभ्युज

फाँसीवादको प्रवर्द्धन गर्ने शक्तिहरूबीचको एमाले गठबन्धन अपवित्र छ- भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा एमालेले बनाएको चुनावी गठबन्धनलाई अपवित्र भन्दै टिप्पणी गरेका छन् । सत्ता गठबन्धनले बागमती प्रदेशमा गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भट्टराईले आफूलाई वामपन्थी भनेर चरम उग्रराष्ट्रवादको नारा दिने र राष्ट्रिय समाजको फाँसीवादीको प्रवर्द्धन गर्ने शक्तिहरूको अपवित्र गठबन्धन भएको बताए।

उनले भने, ‘‘कतिपयले भन्ने गर्छन् यो अपवित्र गठबन्धन भनेर तर यो सबैभन्दा पवित्र गठबन्धन हो। विचारविहीन ढङ्गले राजावादी, पृथकतावादी, आफूलाई वामपन्थी भनेर चरम उग्रराष्ट्रवादको नारा दिएर राष्ट्रिय समाजको फाँसीवादीको प्रवर्द्धन गर्ने शक्तिहरूबीचको यो गठबन्धन अपवित्र हो।’’

भट्टराईले सत्ता गठबन्धनको मुख्य एजेन्डा भनेको भ्रष्टाचार अन्त्य गर्नु, युवाहरूलाई स्वरोजगार प्रदान गर्नु रहेको पनि बताए।

अध्यक्ष भट्टराईले विगतका तिता मीठा कुरा बिर्सिएर आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आवश्यक भएको बताए । उनले देशको विकासका लागि भविष्यमुखी बनेर काम गर्न आवश्यक रहेको पनि बताए । नेपालले समावेशी लोकतन्त्रको अभ्यास गरिरहेको बताउँदै उनले त्यसको रक्षा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved