काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले बहुमत ल्याएमा अहिले टिकट नपाएका नेताहरूले अवसरको ओइरो लाग्ने बताएका छन् ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उनले आफूहरूले जितेर बहुमतको सरकार बनेमा अहिले अवसर नपाएकाहरूलाई राजनीतिक नियुक्ति, संवैधानिक आयोगमा नियुक्ति र राजदूत नियुक्तिमा अवसर दिने बताएका हुन्।
‘म सबै साथीहरूलाई के अपिल गर्न चाहन्छु भने हेर्नुस् गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुन्छ’, उनले भने, ‘अहिले टिकट नपाउनुभएको या टिकट वितरणमा भन्याजस्तो नभएकोले मन खुम्चिएका साथीहरुलाई पनि भोलि हामी बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति, राजदूतहरु के के हुन्छन् के के । हारियो भने चाहिँ हामी सबैको हालत खराब ।’
चुनावपछि अवसर पाउँदा अहिले असन्तुष्ट हरु पनि खुशी हुने प्रचण्डले बताए ।
Facebook Comment
Comment