बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु

नेपालभ्युज

बर्दिया। बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। आक्रमणमा परी ५० वर्षीय सोलिराम थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।

पूर्व-पश्चिम महेन्द्र राजमार्ग नजिकै ‘मर्निङ वाक’मा निस्केको बेला थारू हात्तीको आक्रमणमा परेका थिए। पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved