हाम्रो पात्रो १३औं वर्षमा प्रवेश, ‘हाम्रो पे’ रिलिजको तयारीमा

नेपालभ्युज

हाम्रो पात्रो १३औं वर्षमा प्रवेश, ‘हाम्रो पे’ रिलिजको तयारीमा

काठमाडौं। हाम्रो पात्रो १३औं वर्षमा प्रवेश गरेको छ।  १३औं वर्षमा प्रवेश गरेको अवसरमा हाम्रो पात्रो हाम्रो पे’ रिलिजको तयारीमा छ ।

सन् २०१० मा एउटा डिजिटल पात्रोका रूपमा आएको हाम्रो पात्रोले १२ वर्षपछि एक करोडभन्दा बढी नेपालीहरूको मोबाइल परिवार बनाउला भन्ने हेक्का कसैलाई थिएन । आफ्नो व्यक्तिगत प्रयोगको लागि बनाएको एप आज हरेक नेपालीहरूको हात हातमा हुन्छ होला भन्ने आभाष त पक्कै पनि हाम्रो पात्रोका फाउन्डर शंकर उप्रेतीलाई पनि आभाष नै थिएन होला।

१२ वर्षपछि आज हाम्रो पात्रो नेपालको सर्वाधिक डाउनलोड भएको मोबाइल एप मात्र नभई सर्वाधिक धेरै विश्वास गरिएको डिजिटल थलो बन्न सफल भएको छ । अनेकौँ उतारचढावका बिच नेपालीहरूको मोबाइल सहयात्री हाम्रो पात्रो आज १३औँ वर्षमा प्रवेश गरेको छ।

सन् २०१० मा iOS मा रिलिज गरिएको पात्रो क्रमशः सन् २०१२ मा Android मा रिलिज भएको थियो। एउटा नेपाली युवाले नेपाली शब्दहरूलाई डिजिटल थलोमा ल्याउनलाई गरेको सानो जमर्को आज आएर तिथि मिति, समाचार, विदेशी विनिमय दर, तरकारीको भाउ देखि टेली हेल्थ, अनलाइन ज्योतिष अनि जन्म कुण्डली मिलान, समाचार र रेमिटेन्स सम्मका अनेक सुविधा सम्पन्न मोबाइल सहयात्री बनिसकेको छ।

सन् २०१५ मा १० लाख भन्दा बढी डाउनलोड सीमा नाघेको हाम्रो पात्रोले त्यसै वर्ष देखि नेपालमा कार्यालय खोलेर आफ्नो उपस्थिति र प्रभावलाई झनै सशक्त बनाउन थालेको थियो । सन् २०१८ मा ५ मिलियन अर्थात् ५० लाख डाउनलोडको सीमा नाघ्दै हाम्रो पात्रोले ज्योतिष कल सेवा पनि सुरुवात गर्‍यो ।

१२औं वार्षिकोत्सव अवसरमा हाम्रो पात्रो इंक. का फाउन्डर/सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई धन्यवाद व्यक्त गर्दै ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको बताएका छन् ।  ‘ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको विश्वासको लागि आभार व्यक्त गर्दछु। यी डाउनलोडका सख्याहरू हाम्रा लागि विश्वास र सहयात्री हुन्। हामी थप जिम्मेवार र विश्वासिलो बन्ने प्रणका साथै अघि बढ्दै गयौँ र हाम्रो पात्रोको १२औँ वर्षसम्म यो यस यात्रामा हामी यहाँहरू सबै जनालाई हार्दिक साधुवाद र अझै सयौँ वर्षसम्म डिजिटल र अर्थपूर्ण सहयात्रा गर्ने वाचा गर्न चाहन्छौँ । सम्पूर्ण प्रयोगकर्ताहरू, विज्ञापनदाता, साझेदार र सहकर्मीहरूमा हार्दिक नमन उनले भने।’

सन् २०१९ मा हाम्रो पात्रोमार्फतबाटै मोबाइल रिचार्ज सेवा पनि प्रदान गर्न थाल्यो । सन् २०२० मा ई-कमर्स पनि जोड्दै हाम्रो पात्रोले सन् २०२१ मा रेमिटेन्स र टेली हेल्थ सुविधा पनि थप्दै सन् २०२२ मा हाम्रो पे पनि थप्दै हाम्रो पात्रो वास्तवमा नै एउटा सब थोक भएको सर्वाधिक विश्वासिलो र नेपाली मोबाइल सहयात्री बन्न सफल भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved