२०० मिटर दौडमा एपीएफका शिवराज र लुम्बिनीकी निशालाई स्वर्ण

नेपालभ्युज

२०० मिटर दौडमा एपीएफका शिवराज र लुम्बिनीकी निशालाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको २०० मिटर दौडमा एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले  स्वर्ण पदक जितेका छन्।

बिहीबार पुरुषतर्फ शिवले निर्धारित दुरी २१.९१ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्। पोखरा रंगशालामा एपीएफकै आशिष चौधरीले २२.०५ सेकेन्डको समय निकाल्दै रजत जिते। आर्मीका युवराज बिकले २२.५० सेकेन्डको समय निकाल्दै कास्य पदक जिते।

महिलातर्फ लुम्बिनीकी निशाले २५.२४ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्। एपीएफकी रमिता कुमारी थारुले २५.९५ सेकेन्डको समय निकाल्दै रजत हात पारिन्। पुलिसकी लक्ष्मी साउदले २६.५२ सेकेन्डको समय निकाल्दै कास्य पदक जितेकी छिन्। प्रतियोगिता आज समापन हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved