नवौँ राष्ट्रिय खेलकुद आज समापन हुँदै, प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न कार्यक्रम

समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

नेपालभ्युज

नवौँ राष्ट्रिय खेलकुद आज समापन हुँदै, प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न कार्यक्रम

पोखरा । गण्डकी प्रदेशमा चलिरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज बिहीबार सकिँदैछ। पोखरा रंगशालामा असोजको २८ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको नवौँ खेलकुद प्रतियोगिताको विहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्दैछन् । समापन समारोहलाई विशेष बनाउने तयारी भइरहेको छ ।

समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

यस्तै, समापनमा टिम च्याम्पियन बन्ने टोलीलाई ट्रफी प्रदान गरिनेछ । पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाईएको छ । समापन समारोहमा झाँकी, नृत्य, गायन लगायत सांगितिक कार्यक्रम र आतिसबाजी गरिनेछ ।

यसपटकको राष्ट्रिय खेलकुदमा एनआरएनएसहित ११ टिमबाट खेलाडीले प्रतिष्पर्धा गरेका छन् । ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भईरहेकोमा विहीबार अन्तिम दिन ५० भन्दा धेरैको टुंगो लाग्नेछ । नेपाल आर्मीले १ सय १५ स्वर्णसहित वर्चश्व जमाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved