नवौं राष्ट्रिय खेलकुद : रग्बीमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : रग्बीमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको रग्बीमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेका छन् । बुधबार भएको खेलमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीले स्वर्ण जितेको हो ।

पुरुषतर्फको फाइनलमा लुम्बिनीलाई १०–७ को अन्तरले पराजित गर्दै एपीएफले स्वर्ण जित्यो । लुम्बिनीले भने रजत पदकमा चित्त बुझायो । आर्मीलाई १०–५ ले पराजित गर्दै गण्डकीले काश्य पदक जित्यो ।

महिलातर्फको फाइनलमा भने गण्डकीले आर्मीलाई १०–५ ले पराजित गर्दै स्वर्ण जित्यो । आर्मीले भने रजत प्राप्त गर्यो । सुदूरपश्चिमले मधेसलाई ५–० ले पराजित गर्दै कांस्य जित्यो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved