नवौं राष्ट्रिय खेलकुद : महिला हक्कीको स्वर्ण आर्मीलाई

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : महिला हक्कीको स्वर्ण आर्मीलाई

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला हक्कीमा त्रिभुवन आर्मीले स्वर्णपदक जितेको छ ।

बुधबार भएको फाइनलमा आर्मीले टाइब्रेकरमा ३–० गोलअन्तरले गण्डकी प्रदेशलाई पराजित गर्दै स्वर्ण जितेको हो ।

टाइब्रेकरमा आर्मीलाई जित दिलाउन सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरिन् ।

गण्डकीले भने रजत पदकमा चित्त बुझाएको छ । सुदूरपश्चिमले प्रदेश १ लाई २–० ले पराजित गर्दै कास्य पदक जित्न सफल भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved