सहकारीका कर्मचारीमाथि गोली प्रहार

निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिले गोली हानेर फरार भएका थिए । कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् ।

नेपालभ्युज

सहकारीका कर्मचारीमाथि गोली प्रहार
प्रतिकात्मक तस्वीर ।

जनकपुरधाम। सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने वर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।

उनको दाहिने पाखुरा, दाहिने कोखा, बायाँ कोखा, दाहिने तिघ्रामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  प्रहरीका अनुसार उनको हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचित व्यक्तिले गोली हानेर फरार भएका थिए । कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved