टी-२० विश्वकप क्रिकेट

युएईलाई फराकिलो अन्तरले हराएपछि श्रीलंकालाई राहत

नेपालभ्युज

युएईलाई फराकिलो अन्तरले हराएपछि श्रीलंकालाई राहत

काठमाडौं। टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले युएईलाई फराकिलो अन्तरले हराएको छ । पहिलो खेलमा पराजित भएको श्रीलंकाका लागि यसले ठुलो राहत दिएको छ । मङ्गलबार श्रीलंकाले यूएईलाई ७९ रनले हराउँदै सुपर–१२ पुग्ने सम्भावना कायम गरेको हो ।

१५३ रनको लक्ष्य पछ्याएको युएईलाई ३ ओभर अगाडी नै ७३ रनमा अलआउट गर्दै श्रीलंकाले प्रभावशाली जित निकालेको हो । यसले उसको रनरेट पनि सुधार भएको छ । युएईलाई सस्तैमा आउट गर्न दुष्मन्थ चमेरा र वानिन्दु हसरंगाले ३–३ तथा महेश थेक्षानाले २ विकेट लिए । युएईका आयान अफजल खानले १९ र जुनैद सिद्दिकीले १८ रन बनाउनुवाहेक अन्यको प्रदर्शन उल्लेख्य रहेन ।

त्यसअघि पहिले ब्याटिङ गर्दै श्रीलंकाले ८ विकेट गुमाएर १५२ रन बनाएको थियो । उसका लागि पथुम निसानकाले ७४ र धनञ्जय डी सिल्भाले ३३ रन बनाए । निसानकाले ४ चौका र ६ छक्का प्रहार गरेका थिए । यूएईका लागि कार्तिक मयप्पनले ह्याट्रिक गरे पनि टिमलाई हारबाट बचाउन सकेनन् ।  उनले १४ औं ओभरमा हयाट्रिक गरेका थिए । श्रीलंका २ अंकसहित समूह तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बिहीबार उसले नेदरल्यान्डससँग प्रतिस्पर्धा गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved