नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्णपदक जितेको छ । पहिलो सहभागितामा नै पुलिसले स्वर्ण जित्न सफल भएको हो ।

मङ्गलबार भएको फाइनल खेलमा पुलिसले एपीएफलाई ५ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनायो । उसको लागि काजल श्रेष्ठले २७ र सम्झना खड्काले २१ रन बनाइन् । एपीएफका लागि नेरी थापा, इन्दु बर्मा र सीता राना मगरले १–१ विकेट लिइन् ।

९० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनाउन सफल भयो । उसका लागि रोमा थापाले २६ र राजमती ऐरीले १२ रन बानाइन् । पुलिसका लागि इश्वर बिष्टले २ तथा रुबिना क्षेत्री,  संगीता राई र हिरण्मयी राईले १–१ विकेट लिए ।

यससँगै एपीएफले रजत पदक जितेको छ । बिहान भएको खेलमा बागमतीले काश्य पदक जित्न सफल भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved