गठबन्धन विश्वासले चलेको छ, चलिरहन्छ : प्रधानमन्त्री देउवा

ओलीजीले दुई/दुईपटक जननिर्वाचित संसद् भङ्ग गर्नुभयाे, त्याे पनि राति २ बजे राष्ट्रपतिलाई उठाएर । बरु बिहान ६/७ बजे गर्दा हुन्थ्याे । त्याे संसद्लाई जाेगाउनका लागि हामीले भूमिका खेल्यौँ र जाेगायौँ पनि । त्याे काम प्रचण्डजी र माधवजीले गर्दा भएकाे हाे । उहाँहरूलाई धन्यवाद ।’

नेपालभ्युज

गठबन्धन विश्वासले चलेको छ, चलिरहन्छ : प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन विश्वासले चलेको बताएका छन् । मंगलबार ललितपुरमा आयाेजित कार्यकर्ता भेलामा प्रधानमन्त्री देउवाले भने ‘हामी अहिले गठबन्धनमा छौँ, नेपालमा स्थायी लाेकतन्त्रका लागि यसले काम गर्नेछ, गरिरहेकै पनि छ । याे गठबन्धन विश्वासले चलेकाे छ, चलिरहन्छ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले थपे, ‘ओलीजीले दुई/दुईपटक जननिर्वाचित संसद् भङ्ग गर्नुभयाे, त्याे पनि राति २ बजे राष्ट्रपतिलाई उठाएर । बरु बिहान ६/७ बजे गर्दा हुन्थ्याे । त्याे संसद्लाई जाेगाउनका लागि हामीले भूमिका खेल्यौँ र जाेगायौँ पनि । त्याे काम प्रचण्डजी र माधवजीले गर्दा भएकाे हाे । उहाँहरूलाई धन्यवाद ।’

गठबन्धनले स्थायी शान्तिका लागि काम गरिरहेकाे भनाइ प्रधानमन्त्री देउवाको थियाे । यस्तै, उनले सबै नेता/कार्यकर्तालाई अटेर नगरिकन गठबन्धनमा रहेका दलहरूले एकले अर्कोलाई भाेट दिन आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved