नवौं राष्ट्रिय खेलकुद : गण्डकीका अनिशले जिते म्याराथनको स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : गण्डकीका अनिशले जिते म्याराथनको स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदको पुरुष म्याराथनमा गण्डकीका धावक अनिश थापामगरले स्वर्ण जितेका छन् । अनिशले २ घन्टा २२ मिनेट ५४ सेकेन्डको समयसहित स्वर्ण जितेका हुन् ।

आर्मीका कृष्ण बस्नेतले रजत र एपीएफका सन्तोषविक्रम विष्टले कांस्य पदक जिते । साबिक विजेता कृष्णलाई पछि पार्दै अनिशले घरेलु मैदानमा स्वर्ण जितेका हुन् । कृष्णले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दुरी पुरा गरे । यस्तै सन्तोषले २ घन्टा ३० मिनेट ५४ सेकेन्डको समय निकाले ।

महिला म्याराथनको उपाधि भने एपीएफ क्लबकी विन्द्रा धन्के श्रेष्ठले जितेकी छन् । विन्द्राले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्णपदक जितेकी हुन् ।

त्यस्तै, त्रिभुवन आर्मी क्लबकी विश्वरूपा बुढाले रजत र नेपाल पुलिसकी रेखा विष्ट कांस्य पदक जितिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved