नवौं राष्ट्रिय खेलकुद : गण्डकीलाई स्वर्ण

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुद : गण्डकीलाई स्वर्ण

काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स पुरुष म्याराथनमा गण्डकी प्रदेशले स्वर्ण जितेको छ ।

मङ्गलबार भएको खेलमा धावक अनिश थापा मगरले गण्डकीको लागि स्वर्ण जितेका हुन् । उनले निर्धारित दूरी २ घण्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरे ।

कृष्ण बस्नेतले सोे दूरी २ घण्टा २३ मिनेट १४ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मीका लागि रजत पदक जिते । एपीएफका सन्तोष विक्रम विष्टले भने कांस्य पदक जिते । उनले सो दूरी २ घण्टा ३० मिनेट ५४ सेकेन्डमा पूरा गरेका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved