मानवशास्त्री डा.ओम गुरुङको निधन

नेपालभ्युज

मानवशास्त्री डा.ओम गुरुङको निधन

काठमाडौं।  मानवशास्त्री प्रा‍‍डा.ओम गुरुङको निधन भएको छ।

ललितपुरको हरिसिद्धि क्यान्सर अस्पतालमा गुरुङको सोमबार निधन भएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले बताए ।

मृगौला फेल भएपछि ट्रान्सप्लान्ट गरेका गुरुङलाई त्यसपछि क्यान्सर रोग लागेपछि केमोथेरापी गराउँदै आएको गजुरेलले बताए ।

आदिवासी जनजाति महासंघको महासचिवको समेत भूमिका निर्वाह गरेका उनी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको सल्लाहकार संयोजक थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved