सत्ता गठबन्धनका विद्यार्थी संगठनले हरेक बुथमा २ सय युवा परिचालन गर्ने

नेपालभ्युज

सत्ता गठबन्धनका विद्यार्थी संगठनले हरेक बुथमा २ सय युवा परिचालन गर्ने

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध विद्यार्थी संगठनहरुले हरेक बुथमा २ सय युवा विद्यार्थी परिचालन गर्ने भएका  छन्।

शुक्रबार नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी ,अनेरास्ववियु, लोकतान्त्रिक विद्यार्थी संघ,अखिल छैठौं र समाजवादी विद्यार्थी यूनियनको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

पाँच विद्यार्थी संगठनको बैठकले पाँचवटै संगठनका अध्यक्ष संलग्न केन्द्रीय परिचालन समिति बनाउने निर्णय समेत गरेको छ ।

साथै बैठकले मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेश स्तरिय संयुक्त चुनाव परिचालन समिति निर्माण गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले जानकारी दिए ।

चुनावी प्रतिस्पर्धामा रहेका संयुक्त विद्यार्थी संगठनका पुर्व विद्यार्थी अध्यक्ष र दलका प्रत्येक शिर्ष नेतृत्वको चुनावी क्षेत्रमा संगठनका अध्यक्षहरु उपस्थिति भएर निर्वाचन विशेष कार्यक्रम र संयुक्त सम्बोधन  गर्ने समेत  निर्णय गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved