ठूलो संख्यामा खुल्यो लोकसेवाको विज्ञापन

नेपालभ्युज

ठूलो संख्यामा खुल्यो लोकसेवाको विज्ञापन

काठमाडौं ।  लोकसेवा आयोगले सहसचिव र उपसचिव पदका लागी ठूलो संख्यामा विज्ञापन खुलाएको छ ।

लोकसेवा आयोगले बुधबार सहसचिव पदका लागी १ सय १२ र उपसचिव पदका लागी  ३ सय २१ गरी जम्मा ४ सय ३३ जनाका लागि विज्ञापन खुलाएको हो । आयोगका अनुसार  सो विज्ञापनमा आवेदन दिने अन्तिम म्याद २०७९ कात्तिक २९ गतेसम्म रहेको छ  ।

इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना,  कृषि सेवातर्फ २ सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिवका लागि विज्ञापन आव्हान गरिएको हो  ।

यस्तै, लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा ६, शिक्षा सेवातर्फ सहसचिवमा २ र उपसचिवमा २२, स्वास्थ्य सेवातर्फ सहसचिवमा ४३ र उपसचिवमा ५९, राष्ट्रिय मानव अधिकार सेवातर्फ सहसचिवमा ४ र उपसचिवमा ८ जनाका आवेदन माग गरिएको आयोगले जनाएको छ ।

आर्थिक योजना तथा तथ्यांक सेवामा ३ उपसचिव, विविध सेवामा ६ उपसचिव र संघीय संसद सेवातर्फ ११ पदमा विज्ञापन खुलाइएको  सूचनामा उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved