देउवाको क्षेत्रमा एमाले नेतासहित पाँच जनाले लिए उम्मेदवारी फिर्ता

डडेलधुरामा प्रतिनिधिसभातर्फ एमालेबाट उम्मेदवार बनेका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता भएको हो। स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

नेपालभ्युज

डडेलधुरा। डडेलधुरामा प्रतिनिधिसभातर्फ एमालेबाट उम्मेदवार बनेका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता भएको हो।

स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले पनि उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदनपछि स्नेहीको नाम उम्मेदवारको सूचीबाट हटाइएको वाग्लेले बताए।
उनका अनुसार प्रदेशसभा १ मा नेपाली कांग्रेस (बिपी) का गणेशप्रसाद जोशी र प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले पनि उम्मेदवारी फिर्ता लिएका छन्। डडेलधुरामा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका छन्।

प्रतिनिधिसभाका ३ जनाले उम्मेदवारी फिर्ता लिएसँगै अब संघमा ८ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन्।

प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेस (बिपी)का कर्णबहादुर मल्ल, एमालेका बागी विक्रम शाही, राप्रपाका गोविन्द खडायत, जनता समाजवादी पार्टीका श्याम सिनाल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल ‘मम्याल बाजे’ र लालबहादुर कठायतबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

प्रदेशसभामा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। सत्ता गठबन्धन दलबाट डडेलधुरामा प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट र प्रदेशसभा २ मा नेपाली कांग्रेसका गोविन्दराज बोहराले उम्मेदवारी दिएका छन्।

प्रदेशसभा १ मा नेकपा एमालेबाट पठानसिंह बोहरा र प्रदेशसभा २ मा गजेन्द्र शाही, प्रदेशसभा २ मै स्वतन्त्र डा तारा जोशीको उम्मेदवारी छ।

प्रदेशसभा २ बाट राप्रपाबाट पदमराज जोशी तथा स्वतन्त्र महेश धामी र धनबहादुर बोहराको उम्मेदवारी छ। प्रदेशसभा २ मा राप्रपाबाट खेमराज पनेरु, जसपाबाट नरभान पार्की, स्वतन्त्रबाट तेजबहादुर कठायत र नवराज धिक्तको पनि उम्मेदवारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved