मनाङ ‘ख’ बाट दीपक मनाङ्गे निर्विरोध निर्वाचित !

नेपालभ्युज

मनाङ ‘ख’ बाट दीपक मनाङ्गे निर्विरोध निर्वाचित !

पोखरा। मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्ररूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । औपचारिक घोषणा भने हुन बाँकी छ।

अर्का प्रतिस्पर्धी स्वतन्त्र उमेदवार दोर्जे लामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उम्मेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ।

गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङले जनाएको छ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उम्मेदवारी फिर्ता भएको सूचना निकाल्नेछ । उनको उम्मेदवारी फिर्तासँगै मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved