देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी आयोगद्वारा खारेज

नेपालभ्युज

देउवाको उम्मेदवारीविरुद्ध परेको उजुरी आयोगद्वारा खारेज

काठमाडौं। निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध परेको उजुरी खारेज गरेको छ । उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेको भन्दै आयोगले देउवाको उम्मेदवारीमा कुनै असर नपर्ने निर्णय गरेको हो ।

नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा फरक फरक जन्ममिति रहेको भन्दै परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेको डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताए ।

डडेल्धुराबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको नागरिकता र मतदाता परिचय पत्रमा जन्ममिति फरक रहेको भन्दै सोमबार उनका प्रतिस्पर्धी उम्मेदवार कर्ण मल्लले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए ।

तर प्रिन्ट गर्दा त्रुटी भएको भन्दै आयोगले उजुरी खारेज गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved