काठमाडौं–७ मा एमाले नेता रामवीर मानन्धरले गरे विद्रोह, दिए स्वतन्त्र उम्मेदवारी

नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले टिकट नदिएपछि पूर्वसांसद मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

नेपालभ्युज

काठमाडौं–७ मा एमाले नेता रामवीर मानन्धरले गरे विद्रोह, दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं। नेकपा एमालेका नेता रामवीर मानन्धरले काठमाडौं–७ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले टिकट नदिएपछि पूर्वसांसद मानन्धरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।

२०७० र २०७४ सालको निर्वाचनमा जितेका उनलाई यस पटक एमालेले टिकट दिएन।

एमालेले काठमाडौं–७ मा जसपालाई सघाउने निर्णय गरेको छ। जसपाबाट राजेन्द्र श्रेष्ठलेले उम्मेदवारी दिएका छन्।

उम्मेदवारी दर्ता गराउँदै मानन्धरले पार्टीलाई ४८ घण्टा समय भएको र सच्चिएर आफूलाई टिकट दिनुपर्ने बताए। सो क्षेत्रमा गठबन्धनबाट मानुषी यामीले उम्मेदवारी दिएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved