देशभर उम्मेदवार मनोनयन सुरू, प्रमूख दलका नेताहरू भने दिउँसो मात्रै जाने

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि देशभर उम्मेदवार मनोनयन सुरू भएको छ। उम्मेदवारी मनोनयनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

नेपालभ्युज

देशभर उम्मेदवार मनोनयन सुरू, प्रमूख दलका नेताहरू भने दिउँसो मात्रै जाने

काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि देशभर उम्मेदवार मनोनयन सुरू भएको छ। उम्मेदवारी मनोनयनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

बिहान १० बजेदेखि निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन सुरू भएको आयोगले जनाएको छ। मनोनयन शुरू भएपनि प्रमूख दलका नेताहरूले दिउँसोको समयमा उम्मेदवारी मनोनयनको तयारी गरेका छन्।

टिकट लिएर सम्बन्धित निर्वाचन निर्वाचन क्षेत्रमा जान नभ्याएका उम्मेदवारलाई भने आयोगले केन्द्रीय कार्यालयबाटै मनोनयन गराउने सुविधा दिएको छ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यक्रम राखिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। मनोनयन दर्ताको समय सकिएपछि आजै उम्मेदवारको सूची प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved