जो ०५१ देखि लगातार सिफारिस भए तर कहिलै टिकट पाएनन्, यसपटक पार्टी नै त्यागे

नेपालभ्युज

जो ०५१ देखि लगातार सिफारिस भए तर कहिलै टिकट पाएनन्, यसपटक पार्टी नै त्यागे

काठमाडौं। कञ्चनपुरका पुराना एमाले नेता खेम सुवेदीले पार्टीबाट परित्यागको घोषणा गरेका छन्। उनले हस्तलिखित विज्ञप्ति सामाजिक सञ्जाल फेसबुक मार्फत जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन्।

उनले आफू स्वतन्त्र भएर बस्ने समेत जानकारी गराएका छन्। जुन पार्टीलाई उकास्नको लागि जीवनको सम्पूर्ण समय खर्च गरियो, आज त्यही पार्टीमा आफ्नो भविष्य नदेखिएकाले आफूले स्वतन्त्र भएर बस्न चाहेको नेता सुवेदीले लेखेका छन्।

आफू २०५१ सालदेखि लगातार २०७९ सालसम्म टिकटका लागि सिफारिसमा परेपनि अन्तिम चरणमा नाम हट्ने गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

‘टिकटकै लागि राजनीति गरेको भए २०५१ सालमा टिकट नपाएपछि नै पार्टी छोडथे तर हालसम्म पार्टीका लागि निरन्तर काम गरिरहेँ’, विज्ञप्तिमा लेखेका छन्। स्वतन्त्र रुपमा रहने तर स्वतन्त्र उम्मेदवार भएर उठने कि नउठने भन्ने बारेमा अहिलेसम्म निर्णय नगरेको उनले उल्लेख गरेका छन्।

सहकर्मी साथीहरूसँग बसेर छलफल गरेपछि मात्र यसबारेमा निर्णय लिने सुवेदीले जनाएका छन्। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उनको नाम सिफारिसमा परेपनि अन्तमा नेकपा एकीकृत समाजवादी छोडेर एमालेमा फर्किएका तारालामा तामाङलाई पार्टीले टिकट दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved