जसपाले टुंग्यायो प्रतिनिधिसभाका १२ उम्मेदवार

नेपालभ्युज

जसपाले टुंग्यायो प्रतिनिधिसभाका १२ उम्मेदवार

काठमाडौं। नेकपा एमालेसँग तालमेल गरेर चुनाव लड्न लागेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले मधेस प्रदेशको १२ सिटमा उम्मेदवारको टुङ्गो लगाएको छ।

एमालेसँग १४ जिल्लामा चुनावी तालमेल गर्ने सहमति गरेको जसपाले १२ सिटमा आज उम्मेदवार टुंगो लगाएको हो। जसपा अध्यक्ष उपेन्द्र यादवले पुनः सप्तरी २ बाटै उम्मेदवार बनेका छन्।

सो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत समेत उम्मेदवार बन्दैछन्। यो क्षेत्रमा दुई मधेस केन्द्रीत पार्टीका अध्यक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। जसपाले पूर्वमन्त्री राजकिशोर यादवको क्षेत्र परिवर्तन गरेको छ।

०७४ मा सिरहा-४ बाट निर्वाचित यादवलाई जसपाले यो पटक सिरहा-२ बाट टिकट दिएको छ। सिरहा-२ बाट उम्मेदवार सिफारिस भएका शत्रुधन सिंहलाई जसपाले टिकट दिएन।

उनले टिकट नपाउने देखेर पार्टी परित्याग गरेका थिए। तर सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग गठबन्धन गरेलगत्तै टिकट पाउने सम्भावना देखेर सिंहले पुनः हिजो जसपामै फर्केको घोषणा गरेका थिए।

एमाले र जसपाले मित्रवत् प्रतिस्पर्धा गर्ने भनिएको धनुषा-२ मा जसपाले गंगाराम यादवलाई उम्मेदवार बनाएको छ। केहि दिनअगाडि मात्र यादव एमाले परित्याग गरी जसपामा प्रवेश गरेका थिए।

त्यहाँ एमालेले भने जसपा छोडेर एमाले प्रवेश गरेका पूर्वमन्त्री उमाशंकर अरगरियालाई अरगरियालाई उम्मेदवार बनाएको छ।

यी हुन् उम्मेदवार

सप्तरी -२ उपेन्द्र यादव

सिरहा-२ राजकिशोर यादव

सिरहा-४ वीरेन्द्र महतो

धनुषा-१ दीपक कार्की

धनुषा-२ गंगाराम यादव

धनुषा-४ महाजन यादव

सर्लाही-१ प्रमोद शाह

सर्लाही-४ राकेश मिश्र

बारा-२ रामसहाय प्रसाद यादव

बारा-३ रामबाबु कुमार यादव

पर्सा-१ प्रदीप यादव

पर्सा-२ सुरेन्द्र कुर्मी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved