प्रचण्डको उम्मेदवारी दर्ताका लागि बाबुराम भट्टराई पनि गोरखा जाने

उम्मेदवारी दर्ताको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि गोरखा जाने भएका छन्।

नेपालभ्युज

प्रचण्डको उम्मेदवारी दर्ताका लागि बाबुराम भट्टराई पनि गोरखा जाने

काठमाडौं। उम्मेदवारी दर्ताको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगै र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि गोरखा जाने भएका छन्।

आफ्नो निर्वाचन क्षेत्र गोरखा २ बाट प्रचण्डले उम्मेदवारी दर्ता गराउने भएपछि भोलि भट्टराई पनि प्रचण्डसँगै गोरखा जान लागेका हुन्।

भट्टराईले भने अब चुनाव नलड्ने र नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताइसकेका छन्। भट्टराईले गोरखाबाट चुनाव नलड्ने भएपछि प्रचण्डले अघिल्लो पटक आफू निर्वाचित भएको चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ रोजेका हुन्।

भट्टराईले प्रचण्डलाई जिताउन आफ्नो पूर्ण साथ रहने बताउँदै आएका छन्। सोही कारण भोलि उम्मेदवारी दर्ताको लागि उनी प्रचण्डसँग गोरखा जान लागेको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved