काठमाडौं। बारामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये १४ जनाको सनाखत भएको छ। प्रहरीका अनुसार दुई जनाको अझै सनाखत हुन सकेको छैन।
दुर्घटनामा परी १६ जनाले ज्यान गुमाएका थिए। प्रहरीका अनुसार मृतकमा बारा कलैया-२ का अन्दाजी ४० वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी-५ बुडौलीका अन्दाजी ६३ वर्षीया नन्द कुमारी पुडासैनी र चितवनन कालिका नगरपालिका रमाइलोचोकका अन्दाजी १४ वर्षीय सफल कँडेल रहेका छन्।
त्यस्तै, वीरगञ्ज-१६ का ६५ वर्षीय सोमप्रसाद चौरासिया, ३५ वर्षीया मन्निदेवी चौरासिया र १९ वर्षका स्वस्तिका श्रेष्ठ, बारा कलैया-१० बस्ने अन्दाजी ३५-३६ वर्षीय नाजलिन खातुन, बारा जितपुर सिमरा-२२ का २८ वर्षीय सुरेश बिक, बारा कलैया-१० का अन्दाजी २५ वर्षीय इजाजत अन्सारी र ओखलढुंगाका लालबहादुर बोगटीको पनि सनाखत भएको छ।
चितवन खैरेनी-५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाका ३५ वर्षीया अम्बिका कँडेल र जनकपुर उपमहानगरपालिका-५ का ५० वर्षीय सन्तोष कुमार यादवको सनाखत भएको छ। प्रहरीका अनुसार हेटौंडा अस्पतालमा रहेका २ मृतकको पहिचान खुल्न सकेको छै।
प्रहरीका अनुसार नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६-००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो। बसमा करिब ५० जना सवार थिए। घाइतेको चितवनमा उपचार भइरहेको छ। घटना बिहान ११ बजेको हो।
बारा बस दुर्घटना अपडेट : मृतक १६ मध्ये ९ जनाको सनाखत
बारा बस दुर्घटनामा घाइते २० जनालाई चितवन पठाइयो
बस दुर्घटना अपडेट : १० पुरुष र ६ महिला गरी १६ को मृत्यु
Facebook Comment
Comment