लोक सेवाको परीक्षाफलमा कसरी घुसे १२ जना?

लोक सेवाको परीक्षाफलमा कसरी घुसे १२ जना?

जनकपुरधाम। प्रदेश लोक सेवा आयोग मधेश प्रदेशद्वारा प्रशासन सेवा अन्तर्गत लिएको परीक्षामा सहभागी परीक्षार्थीको संख्याभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएको परिणाम सार्वजनिक गरिएको छ।

अधिकृतको सातौं तहको परीक्षामा सामेल विद्यार्थी भन्दा १२ जनाबढी विद्यार्थीको परिणाम घोषणा गरिएको छ। जकपुरधाममा अलग-अलग १३ ओटा परीक्षा केन्द्रको परीक्षामा २ हजार ५६७ परीक्षार्थी सहभागी भएका थिए। तर परीक्षाको परिणाम सार्वजनिक हुँदा २ हजार ५७९ को परिणाम आएको छ।

प्रदेश लोक सेवा आयोगद्वारा लिएको परीक्षामा सहभागी भन्दा १२ जना नयाँको थपसहित परीणाम सार्वजनिक गरिएपछि पहिलो पटक लिएको जाँचमा आशंका उत्पन्न गराएको छ।

विज्ञापन नम्बर ९९-१०७-२०७७/०७८ को प्रथम पत्रको मिति २०७९-५-१८ गते लिइएको परीक्षामा सामिल परीक्षार्थी भन्दा १२ जना कहाँबाट कसरी थप हुन आयो भन्ने चासोको बिषय बनेको छ।

सिट प्लानिङ गर्दा २ हजार २६७ का लागि गरिएकोमा २ हजार ५६८ देखि २ हजार ५७९ सम्मको रोल नम्वर नतिजामा उल्लेख छ। बीचको १२ जनाको थप कसरी परिणाम आयो अहिले सबत्र चर्चाको विषय बनेको छ।

परीक्षामा सामिल नै नभएकाहरूको नाम उत्तीर्ण गराउन आर्थिक चलखेल भएको अनुमान सबैले गरेका छन्। यसबारेमा सत्यतथ्य छानबिन हुनुपर्ने माग सरोकारबालाहरूले गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved