प्राधिकरणले बल्लतल्ल पायो अरिङ्गाल पोल्ने मान्छे, आजदेखि तार जडानको काम सुरु

काठमाण्डौको मातातीर्थमा विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गोलाका कारण प्राधिकरणले शनिबार दिनभर काम गर्न पाएको थिएन ।

नेपालभ्युज

प्राधिकरणले बल्लतल्ल पायो अरिङ्गाल पोल्ने मान्छे, आजदेखि तार जडानको काम सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले बल्लतल्ल अरिङ्गालको गोला पोल्ने मान्छे भेटाएको छ ।  काठमाण्डौको मातातीर्थमा विद्युत् प्रसारण लाइनको टावरमा अरिङ्गालले लगाएको गोलाका कारण प्राधिकरणले शनिबार दिनभर काम गर्न पाएको थिएन ।

अरिङ्गालको गोला पोल्ने मान्छे चाहियो भन्दै प्राधिकरणको काठमाडौं ग्रिडका प्रमुख विनोद लोहनीले फेसबुकमा सूचना नै राखेका थिए । दिनभरी मान्छे नपाएपनि साँझ भने १० हजार रुपैयाँ पारिश्रमिक लिने सर्तमा तीन जनाले अरिङ्गालको गोला पोलेका थिए । गोला पोलेसँगै आइतबारदेखि तार जडानको काम सुरु भएको छ ।

अरिङ्गालको गोलोका कारण मातातीर्थ–हेटौँडा १३२ केभी विद्युत् प्रसारण लाइनको काममा समस्या भएको थियो । मातातीर्थमा निर्माण भएको अग्लो टावरमा कालो अरिङ्गालले गोलो लगाएका कारण जम्पर (टावरमा तार जोड्ने मुख्य ठाउँ) जडान गर्न समस्या भएपछि प्राधिकरणले अरिङ्गाल पोल्ने मान्छेको समेत खोजी गरेको थियो  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved