१८ अर्ब भारु मूल्य पर्ने २० टन खैरो हिरोइन बरामद

नेपालभ्युज

१८ अर्ब भारु मूल्य पर्ने २० टन खैरो हिरोइन बरामद

नयाँ दिल्ली। भारतको मुम्बई पुलिसले नवा शेरा बन्दरगाहबाट २० टन भन्दा धेरै खैरो हिरोइन बरामद गरेको छ । बरामद भएको २० टन खैरो हिरोइनको मूल्य १८ सय करोड अर्थात १८ अर्ब भारतीय रुपैयाँ रहेको एनडीटीभीले जनाएको छ ।

बरामद भएको लागुपदार्थ खैरो हिरोइन विश्व विख्यात तश्कर समूह नार्को टेररको भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीको स्पेशल सेलले यसअघि १२ अर्ब भारु बराबरको लागु औषध बरामद गरिएको गिरोहसँग अनुसन्धान गर्दा २० टन खैरो हिरोइनबारे पनि संकेत पाएको थियो ।

नार्को टेरर ग्रुपको अफगानिस्तानमा रहेको सञ्जालले भारतबाट लागु पदार्थको अवैध ओसारपसार गर्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved