विद्या र केपी गुट मिलेर संविधान मास्ने षडयन्त्र गरिरहेका छन् : झलनाथ खनाल

खनालले यी दुई मिलेर पहिलेदेखि नै संविधानमाथि षडयन्त्र गरिरहेको बताए । पहिलेदेखिका व्यवहार हेर्दा विद्या र केपी मिलेर संविधानमाथि षडयन्त्र गरिरहेको पुष्टि हुने उनको भनाई छ । 

नेपालभ्युज

विद्या र केपी गुट मिलेर संविधान मास्ने षडयन्त्र गरिरहेका छन् : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले विद्या भण्डारी र केपी ओली गुट मिलेर संविधान मास्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौंमा बुधबार नेपाल तमु संघ (समाजवादी)को राष्ट्रिय भेला उद्घाटन गर्दै खनालले यी दुई मिलेर पहिलेदेखि नै संविधानमाथि षडयन्त्र गरिरहेको बताए । पहिलेदेखिका व्यवहार हेर्दा विद्या र केपी मिलेर संविधानमाथि षडयन्त्र गरिरहेको पुष्टि हुने उनको भनाई छ ।

संवैधानिक राष्ट्रपति संसद र मन्त्रीपरिषद्ले गर्ने निर्णय प्रमाणीकरण गर्न बाध्य हुने भन्दै नेता खनालले यो संवैधानिक दायित्व पुरा नगर्ने भण्डारी पदमा बस्न नमिल्ने बताए । नागरिकता सम्बन्धी व्यवस्थामा व्यक्तिले भिन्न मत राख्न सक्ने भएपनि राष्ट्रपतिले संविधान उल्लंघन गर्न नमिल्ने खनालले बताए ।

आफ्नै देशको राष्ट्रपतिविरुद्ध असंवैधानिक काम गर्‍यो भन्दै हिड्नुपर्ने अवस्था आएको भन्दै खनालले निरंकुश शासन लाद्न विगतमा पनि केपी र विद्या मिलेर संसद भंग गर्ने प्रयास गरेको आरोप लगाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved