अफगानिस्तानमा टिकटक चलाउन प्रतिबन्ध

अफगानिस्तानको तालिबान सरकारले देशभित्र सामाजिक सञ्जाल टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ। तालिबान नेतृत्वको सरकारको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको पुष्टि गरेका हुन्।

नेपालभ्युज

अफगानिस्तानमा टिकटक चलाउन प्रतिबन्ध

काठमाडौं। अफगानिस्तानको तालिबान सरकारले देशभित्र सामाजिक सञ्जाल टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ। तालिबान नेतृत्वको सरकारको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै पब्जी एप्लिकेसन पनि प्रयोगमा प्रतिबन्ध लगाइएको पुष्टि गरेका हुन्।

मुस्लिम समुदायले अवलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर टिकटक प्रतिबन्ध लगाइएको अधिकारीहरूको भनाइ छ।
प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागु हुने बताइएको छ। अफगानिस्तानमा टिकटक प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो।
तालिबान नेतृत्वको सरकारले यसअघि अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेभसाइट बन्द गरिदिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved