काठमाडौं । सामाजिक सञ्जालमा ‘अल बिदा’ भनेर सोमबार बिहानदेखि सम्पर्कविहीन भएका पत्रकार विदुर कटुवाल भेटिएका छन् । सोमबार बिहान करिब ९ बजे सामाजिक सञ्जालमा ‘अलबिदा’ लेख्दै ‘श्रीमतीसँग डिर्भाेस नगर्ने बरु आत्महत्या गर्ने’ भन्दै निस्किएका उनी मकवानपुरमा भेटीएका हुन् ।
पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्काले विदुर कटुवाल अहिले आफैसँग रहेको जानकारी दिए । महासङ्घका महासचिव रोशन पुरीले कटुवाल सोमबार मकवानपुरमै रहने र मंगलबार परिवारसँग भेट गराउने बताए । उनले भने, ‘उहाँ फेला पर्नु भएको छ । आज मकवानपुरमै बस्नु, हुन्छ भोलि परिवारसँग भेट गराउँछौ ।’
‘अलबिदा’ लेखेर मोबाइल अफ गरेपछि उनको खोजी भएको थियो । उदयपुरका पुराना पत्रकार उनी हाल काठमाडौंको बुद्धनगरमा भाइसँग बस्दै आएका थिए ।
यो पनि
फेसबुकमा ‘अलबिदा’ लेखेर हिँडेका पत्रकार सम्पर्कविहीन, खोजी जारी
Facebook Comment
Comment