दुई दिनमै १५ हजार टिकट बुक

नेपालभ्युज

दुई दिनमै १५ हजार टिकट बुक
फाइल फोटो

काठमाडौं। दशैंका लागि दुई दिनमा करिब १५ हजार यात्रुले अग्रिम टिकट बुक गरेका छन् । अधिकांश यात्रुले नयाँ बसपार्कबाट अग्रिम टिकट बुक गरेका हुन् ।

शनिबारदेखि अग्रिम टिकट बुकिङ खुलेको थियो । यसपटकको दशैंका लागि २७ असार, २०७९ मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काटिरहेका छन् ।

नयाँ बसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रबन्धक पंकज मल्लका अनुसार पश्चिम नेपालका लागि अग्रिम टिकट काट्नेहरूको संख्या अधिक छ । धेरै अग्रिम टिकट बुकिङ गर्नेमा प्युठान, अर्घाखाँची, गुल्मी, बझाङ बाजुरा, अछाम, डोटी, धनगढी महेन्द्रनगर लगायतका यात्रु छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved