माओवादी पदाधिकारी बैठक स्थगित, नेताहरूसहित प्रचण्ड हिँडे सोलुखुम्बु

नेपालभ्युज

माओवादी पदाधिकारी बैठक स्थगित, नेताहरूसहित प्रचण्ड हिँडे सोलुखुम्बु
फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोलुखुम्बु पुगेका छन् । माओवादीको समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्दसूची टुंग्याउन सोमबार बिहान बोलाइएको पदाधिकारी बैठक स्थगन गरेर उनी पार्टीका नेताहरूसहित सोलुखुम्बु गएका हुन् ।

केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रचण्डसहित अर्थमन्त्री एवं उपमहासचिव जनार्दन शर्मा, सचिव राम कार्की, प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङलगायत नेताहरूसमेत सोलुखुम्बु पुगेका छन्।

प्रचण्ड सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको उद्घाटन गर्ने कार्यक्रम छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved