रुस-युक्रेन लडाइँ

युरोपलाई चिसोले सेकेर हराउने पुटिनको ‘नयाँ शीतयुद्ध’

स्थिति यस्तो देखिन्छ कि आउने हिउँदमा मान्छेले ‘हिटिङ’ र ‘इटिङ’ मध्ये कुनै एक रोज्न पर्ने छ। सरकारहरु ठूलो मात्रामा अनुदान दिन बाध्य हुनेछन्, जसले गर्दा राज्यको बजेट लडखडाउन सक्ने छ। केही देश फेरि कोइला बाल्नतिर फर्कदैछन्।

युरोपलाई चिसोले सेकेर हराउने पुटिनको ‘नयाँ शीतयुद्ध’

युक्रेनमा तैनाथ रुसी सैनिक जहाँबाट ब्लादिमिर पुटिनको शर्मनाक युद्धलाई धिक्कार्दैछन्, त्यहीबाट उनीहरूको अचानक फिर्तीको अर्थ यो हुँदैन कि पुटिन आत्मसपर्मण गर्दैछन् । यथार्थमा गत हप्ता पुटिनले युद्धको अर्को मोर्चा खोलेका छन, ‘ऊर्जा युद्धको मोर्चा’ ।

सायद पुटिनलाई लागेको होला– उनले ‘शीतयुद्ध’ को एउटा यस्तो रुप पत्ता लगाएका छन, जहाँ उनको जित हुनेछ । पुटिन आउँदो हिउँदमा युरोपियन युनियनलाई शीतलहरले आक्रमण गर्ने योजना बनाउँदैछन् । उनले यो काम रुसी तेल र ग्यासको आपूर्ति रोकेर गर्नेछन् । उनको उद्दे श्य युरोपियन युनियनमाथि यस्तो दबाब बनाउनु हो ताकी युरोप रुस र युक्रेन युद्धको बीचमा पस्न नआयोस् ।

नि:सन्देह रुसका लागि यो कुनै नयाँ तरिका भने हैन । पुटिनभन्दा पहिलेका नेता तथा जारले पनि ठण्डा मौसमको उपयोग आफ्नो पक्षमा गर्दै आएका थिए । नेपोलियन र हिटलरलाई रुसले यही तरिकाले हराएको थियो। पुटिन पनि यो मान्छन् होला कि युक्रेनलाई हराउन यही नीति सफल हुने छ । यही कारणले गत हप्ता जेलेन्स्कीले यो भनेका हुन् कि ‘रुस आउँदा ३ महिनाभित्र युक्रेन र विश्वसमुदायको प्रतिरोधलाई तोड्ने सकेसम्मको सबै प्रयास गर्ने छ । जबकि, हामीलाई यो थाहा छ कि पुटिन फेरि असफल हुनेछन् । अमेरिकाले युरोपलाई पर्याप्त आपूर्ति दिनेछ ।’

मैले यो लेख्न पाएको भए राम्रै हुन्थ्यो कि, पुटिनलाई आफ्नो यो नयाँ रणनीतिमा पश्चाताप हुनेछ । तर, रुसले चीनलाई आफ्नो ऊर्जा–उपनिवेश बनाउँदैछ । पुटिनले पश्चिमा बजारमा जुन नोक्सानी व्यहोरिरहेका छन, त्यसको भर्पाई गर्न चीनलाई भारी छुट दिएर ठूलो परिमाणमा तेल बेचिरहेका छन् ।

तसर्थ, चाहेर पनि यी सबै कुरा लेख्न सकिँदैन । किनकी अमेरिका र उसका युरोपियन साझेदार एउटा यस्तो कल्पना–लोकमा बाँचिरहेका छन, उनीहरूलाई लागेको छ कि जैविक ऊर्जाबाट स्वच्छ नविकरणीय ऊर्जातिरको यात्रा एक स्विच दाबेको भरमा सजिलै पूरा हुन्छ ।

म आफैँ धेरै वर्षदेखि स्वच्छ ऊर्जाको प्रखर पक्षधर रहँदै आएको छु । तर, चाहँदैमा कुनै कुरा भइहाल्दैन । परिवर्तन ल्याउन केही गर्नु पर्छ । बितेका ५ वर्षमा हामीले वायु र सौर्य ऊर्जामा जति नै लगानी गरेका किन न हौं–विश्वको ऊर्जा उपभोगको ८२ प्रतिशत आज पनि तेल, ग्यास र कोइलाले ओगट्दछ । यी ऊर्जा स्रोतको आवश्यकता ताप, यातायात र विद्युत् उत्पादनमा हुने गर्छ ।

गत हप्ता रुसले घोषणा गर्यो– उसले त्यतिन्जेलसम्म युरोपको ग्यास आपूर्ति रोक्नेछ, जबसम्म उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू हटाइने छैनन् । पुटिन तेलको परिवहनसमेत रोक्ने कुरा गर्दैछन्। फाइनान्सियल टाइम्सका अनुसार प्राकृतिक ग्यास र पर्याप्त वैकल्पिक ऊर्जाको अभावमा युरोपमा केही कारखाना बन्द भइसकेका छन् । कतिपय युरोपियन देशमा ऊर्जा–मूल्यमा ४०० प्रतिशतसम्मको वृद्धि भएको छ।

अमेरिकामा मात्रै सन् २०२१ सम्म ६१ प्रतिशत ऊर्जा उत्पादन कोइला र अन्य प्राकृतिक ग्यासको सहायताले हुँदै थियो । एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा एउटा यस्तो मध्यमवर्गको उदय भएको छ, जसलाई ‘ऊर्जाको भोकमरी’ लागेको छ। यस्तो अवस्थामा आवश्यकता पूरा गर्न अझै धेरै मात्रामा स्वच्छ नवीकरणीय ऊर्जा चाहिन्छ । यो काम कुनै स्वीच थिचेर हुँदैन । हामीले संक्रमणको एक लामो दौडबाट गुज्रिनुपर्ने हुन्छ ।

अनि त्यस्तो त्यतिखेर मात्र हुन सक्छ जब हाम्रो ऊर्जा नीतिमा कुनै सार्थक पुनर्विचार गर्दछौं । युक्रेन युद्ध सुरुवात हुनुभन्दा अघि युरोप आफ्ना ताप र विद्युत् आवश्यकताका लागि रुसमा निर्भर थियो । युरोपले आफ्नो ऊर्जा आवश्यकताको ४० प्रतिशत प्राकृतिक ग्यास र ५० प्रतिशत कोइलाबाट पूरा गर्दै थियो ।

म यो भन्न सक्दिनँ– यसका लागि यी दुईमा को बढी जिम्मेवार छन्, रातारात हरित ऊर्जा क्रान्ति चाहनेहरू कि जो बाइडेनको ऊर्जा नीतिसँग सहमत हुनुको साटो पुटिनको जितको कामना गर्नेहरू ? मैले बारम्बार यो भन्ने गरेको छु– युरोपमा पेट्रो–पुटिनवादलाई हराउन अमेरिकी ऊर्जा नीतिको केन्द्रीय भूमिका हुन्छ ।

गत हप्ता रुसले घोषणा गर्‍यो– ‘उसले त्यतिन्जेलसम्म युरोपको ग्यास आपूर्ती रोक्ने छ, जबसम्म उसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू हटाइने छैनन् । पुटिन तेलको परिवहन समेत रोक्ने कुरा गर्दैछन्। फाइनान्सियल टाइम्सका अनुसार प्राकृतिक ग्यास र पर्याप्त वैकल्पिक ऊर्जाको अभावमा युरोपमा केही कारखाना बन्द भइसकेका छन् । कतिपय युरोपियन देशमा ऊर्जा–मूल्यमा ४०० प्रतिशतसम्मको वृद्धि भएको छ।

स्थिति यस्तो देखिन्छ कि आउने हिउँदमा मान्छेले ‘हिटिङ’ र ‘इटिङ’ मध्ये कुनै एक रोज्न पर्ने छ। सरकारहरू ठूलो मात्रामा अनुदान दिन बाध्य हुनेछन्, जसले गर्दा राज्यको बजेट लडखडाउन सक्ने छ। केही देश फेरि कोइला बाल्नतिर फर्कदैछन्।

म यो भन्न सक्दिनँ– यसका लागि यी दुईमा को बढी जिम्मेवार छन्, रातारात हरित ऊर्जा क्रान्ति चाहनेहरू कि जो वाइडनको ऊर्जा नीतिसँग सहमत हुनुको साटो पुटिनको जितको कामना गर्नेहरू ? मैले बारम्बार यो भन्ने गरेको छु– युरोपमा पेट्रो–पुटिनवादलाई हराउन अमेरिकी ऊर्जा नीतिको केन्द्रीय भूमिका हुन्छ ।

अमेरिकाले आफ्ना सहयोगीलाई सस्तो दरमा तेल र ग्यास उपलब्ध गराउनै पर्छ ताकि पुटिनले उनीहरूलाई ‘ब्ल्याकमेल’ गर्न नसकुन् । पुटिनले यो हिउँदमा युरोपियन युनियनलाई चिस्याएर हराउने योजना बनाएका छन । त्यसका लागि उनले तेल र ग्यासको आपूर्ति रोक्छन् नै । उनको उद्देश्य स्पष्ट छ–युरोपियन युनियनमाथि दबाब बनाएर युक्रेनलाई हराउनु ।

न्युयोर्क टाइम्सबाट अनुदित 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved