सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्न प्रहरीले थाल्यो प्रक्रिया

नेपालभ्युज

सन्दीपलाई इन्टरपोलमार्फत पक्राउ गर्न प्रहरीले थाल्यो प्रक्रिया

काठमाडौं। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरीले लामिछाने सम्पर्कविहीन भएपछि  इन्टरपोलको सहयोग लिन लागेको हो।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भए पनि, लामिछाने अझै पक्राउ परेका छैनन्। उनी प्रहरी र नेपाल क्रिकेट संघ (क्यान) दुवैको सम्पर्कमा छैनन्। यसो हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंले इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको एक प्रहरी अधिकारीले बताए। ‘उनी अहिलेसम्म सम्पर्कमा आएनन्, इन्टरपोलमार्फत पक्राउ गर्ने प्रक्रिया सुरू भइसक्यो,’ ती अधिकारीले भने।

प्रहरीले सन्दीप नेपाल नफर्किए औपचारिक वा अनौपचारिक माध्यमको प्रयोग गरी पक्राउ गर्ने बताएको थियो । अहिले उनी कुन देशमा छन् भन्ने खुलेको छैन । यसअघि उनी दुबईमा हुनसक्ने भन्दै प्रहरीले अनुमान पनि गरेको थियो। तर, उक्त कुरा पुष्टि हुन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved