रुस-युक्रेन युद्ध : ‘१७ युक्रेनी सेना गाडिएको इज्यूम चिहान’

नेपालभ्युज

रुस-युक्रेन युद्ध : ‘१७ युक्रेनी सेना गाडिएको इज्यूम चिहान’

युक्रेन । युक्रेनी अनुसन्धानकर्ताहरूले शुक्रबार पुनः कब्जामा लिएको इज्युम शहरबाहिरको सल्लाको जङ्गलमा पुगेर बलौटे माटोबाट सयौं शवहरू निकाल्न सुरु गरेका छन् ।

एजेन्सीका अनुसार कम्तीमा एउटा शव हातले बाँधिएको अवस्थामा गाडिएको भेटिएको छ ।

कीभका अधिकारीहरूले खार्किभ क्षेत्र रूसी आक्रमणकारीहरूबाट पुनः कब्जामा लिएपछि सामूहिक चिहानस्थलमा ४५० चिहानहरू गणना गरिएको र १० कथित ‘यातना केन्द्रहरू’ फेला पारेको बताएका छन् ।

इज्युमबाहिरको जङ्गलमा चिहानको टुप्पोमा अस्थायी क्रस र नम्बरले चिनो लगाइएको सञ्चारकर्मीले बताए । चिहानमा लेखिएको थियो, ‘१७ युक्रेनी सेना गाडिएको इज्यूम चिहान ।’

कीभको सेनाले हालैका दिनहरूमा पूर्वमा प्रति–आक्रमणमा धेरै क्षेत्रहरू बरामद गरेको छ र धेरै शहरहरूलाई रूसी सेनाबाट मुक्त गरेको छ ।

प्रहरी प्रमुख इगोर क्लाइमेन्कोले बालाकलिया शहर र खार्किभका अन्य स्थानमा यातना कक्ष फेला परेको बताएका छन् भने राष्ट्रपतिका सहयोगी माइखाइलो पोडोल्याकले इज्युम सामूहिक चिहान स्थलमा मात्रै कम्तीमा ४५० शव रहेको बताएका  छन् ।

पोडोल्याकले भने, ‘कब्जा गरिएका क्षेत्रहरूमा महिनौंदेखि व्यापक आतंक, हिंसा, यातना र सामूहिक हत्याहरू भइरहेका भेटिएको छ ।’ एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved