काठमाडौं । । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्ठा आफ्नो पार्टीको एजेन्डा नभएको बताएका छन् । बिहीबार राजविराजमा पत्रकारसँग कुराकानी गर्दै राजसंस्थाप्रति आस्था र विश्वास भएपनि अब राजसंस्था आफ्नो पार्टीको एजेन्डा नरहेको बताएका हुन् ।
उनले पूर्वराजा र राजसंस्थाका कारण आफ्नो मन कुँडिएको बताएका उनले पूर्वराजाको बिषयमा अब कुनै टीकाटिप्पणी नगर्ने समेत बताए ।
उनले भने- ‘पछिल्लो समयमा राजा, राजसंस्था र राजाको सचिवालयको व्यबहारबाट मेरो मन कुँडिएको छ, भाँचिएको छ’, ‘तथापि त्यो संस्थाप्रतिको मेरो आस्था र विश्वास कायम छ । त्यो संस्था र राजाप्रतिको मायाको कारण अब सबै आरोप प्रत्यारोपबाट मुक्त भएर रहन चाहन्छु ।’
उनले दलका नेताहरु सत्तामा पुग्न र सत्तामा पुगेपछि टिक्नका लागी विदेशटी शक्तिको आशिर्वाद लिने आत्मसमर्पणवादी रहेको समेत बताए ।
Facebook Comment
Comment