सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मुख्य बजार क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । मुख्य बजार क्षेत्र रहेको मंगलगढी चोकदेखि गणेश चोकसम्मका अवैध संरचना हटाउन सुरु गरेको छ ।
मुख्य बजार क्षेत्रमा रहेका विद्युत्, नेपाल टेलिकमका पोल तथा तारहरू र सडक किनारमा रहेका अशोकका रूखहरू हटाउन थालेको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा अवैध संरचनाका कारणले कुरुप बनेको र सडक विस्तारमा कठिनाइ देखिएपछि नगरपालिकाले सात दिनभित्र संरचना हटाउन दिएको पूर्व जानकारीअनुसार संरचना हटाउनु सुरु गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले बताए ।
नगरपालिकाले अवैध संरचनासहित सडक क्षेत्राधिकार भित्र पर्ने नक्सापास अनुमति नलिई निर्माण भएका स्थायी र अस्थायी भौतिक संरचना पनि हटाउने तयारी थालेको नगरपालिकाले जनाएको छ ।
Facebook Comment
Comment