स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेलाई ५ लाख जरिवाना : प्रमुख आयुक्त थपलिया

६ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही

नेपालभ्युज

स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेलाई ५ लाख जरिवाना : प्रमुख आयुक्त थपलिया
तस्वीर- प्रदीपराज वन्त, रासस

काठमाडौं । स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताएका हुन् । साथै, उनले खर्च विवरण नबुझाएकालाई कारबाही गर्नुपर्ने समेत बताए ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्थानीय चुनावका १ लाख १५ हजार उम्मेदवारले खर्च विवरण नबुझाएको बताए। उनीहरुलाई ५ लाख रुपैयाँ जरिवाना र ६ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही गर्न सकिने भन्दै थपलियाले भने, ‘कारबाहीमा परेपछि को को असोज २ र ३ गते हुने समानुपातिक बन्द सूचीमा रहन पाइन्न । २३ गतेको प्रत्यक्षमा उम्मेदवार मनोनयन हुदैन ।’

स्थानीय चुनाव जितेकाहरुले पनि खर्च विवरण नबुझाएको भए कारबाही हुने थपलियाले बताए । स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेहरुलाई कारबाहीको विषयमा सोमबार निर्णय हुने उनले जानकारी दिए । ‘कारबाहीमा परेपछि समानुपातिक र प्रत्येक्षमा उम्मेदवार हुन आए आयोगले लिदैन’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved