आज तीन वटा प्रदेशमा ठूलो पानी पर्ने,  भोली दिनभर झरी

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सर्ने सम्भावना रहेकाले भोलि मङ्गलबार देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।

नेपालभ्युज

आज तीन वटा प्रदेशमा ठूलो पानी पर्ने,  भोली दिनभर झरी
सांकेतिक तश्वीर

काठमाडौं। सोमबार तीन वटा प्रदेशका केहि ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन । भोलि मङ्गलबार भने दिनभर लगातारजसो पानी पर्ने सम्भावना छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि सर्ने सम्भावना रहेकाले भोलि मङ्गलबार देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको महाशाखाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved