अष्ट्रेलियाले गर्‍यो न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिज ‘क्लिनस्विप’

नेपालभ्युज

 अष्ट्रेलियाले गर्‍यो न्युजिल्याण्डविरुद्धको एकदिवसीय सिरिज ‘क्लिनस्विप’

काठमाडौं । अष्ट्रेलियाले न्युजिल्याण्डविरुद्धको ३–एकदिवसीय खेलको सिरिज क्लिनस्विप गरेको छ । अष्ट्रेलियाको केर्न्समा आइतबार सम्पन्न भएको तेस्रो खेलमा घरेलु टोलीले न्युजिल्याण्डलाई ३१ रनले पराजित गरेको हो । 

अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ६७ रन बनायो । उसका लागि स्टिभन स्मिथले सर्वाधिक १०५ र मार्नस लाबुसचेनले ५२ रन बनाए । 

स्मिथले १३१ बलमा ११ चौका र १ छक्का प्रहार गर्दै १०५ रन बनाए । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले २ र मिचेल सेन्टनरले १ विकेट लिए । टस जितेर फिल्डिङ रोजेको न्यूजिल्याण्डले २ सय ६८ रनको लक्ष्य पाएको थियो । जवाफी ब्याटिङ गरेको न्यूजिल्याण्ड ४९ ओभर ५ बलमा समेटिंदा मात्र २ सय ४२ रन बनाउन सफल भयो । 

न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले ४७ रन र जेम्स निशामले ३६ रन बनाए । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ तथा क्यामरुन ग्रीनले २ विकेट लिए । यसअघि भएको दोस्रो एकदिवसीय खेलमा अष्ट्रेलिया ११३ रनले विजयी भएको थियो । 

पहिलो खेलमा भने अष्ट्रेलियाले न्यूजिल्याण्डलाई २ विकेटले पराजित गरेको थियो । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved