पाकिस्तानविरुद्ध पहिलो हाफसम्म भारतको अग्रता

नेपालभ्युज

पाकिस्तानविरुद्ध पहिलो हाफसम्म भारतको अग्रता

काठमाडौं। साफ महिला फुटबल प्रतियोगितामा अहिले भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भइरहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलमा साविक विजेता भारतले पहिलो हाफमा अग्रता लिएको हो।

पहिलो हाफमा भारतका लागि ग्रेस डाङमेईले १ गोल गरिन् । २१औं मिनेटमा मारिय जामिला खानले  गोल प्रहार गर्दा भारतले अग्रता लिएको थियो । पहिलो गोल भएको केवल २ मिनेटपश्चात् ग्रेसले भारतको लागि दोस्रो गोल गरिन् ।

प्रतियोगिता भारत उपाधि डिफेन्ड गर्ने योजनामा रहेको छ। ८ वर्षपश्चात् अन्तर्राष्ट्रिय फुटबलमा फर्केको पाकिस्तान भने कमब्याक जितको खोजीमा रहेको छ।
यो संस्करणमा साफका सबै देशले सहभागिता जनाएका छन् । प्रतियोगिता असोज ३ गतेसम्म चल्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved