सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

नेपालभ्युज

सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै
फाइल तश्वीर

काठमाडौं। सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्दै छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले आज बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने दाबी गरेका छन् ।  सिट बाँडफाँटको विषय टुंगाउन लगातार छलफल र बैठक हुँदै आए पनि सहमति हुन सकेको छैन ।

सिट बाँडफाँटका विषयमा सहमति गर्न भन्दै गएको साउन २० गते कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको थियो ।

तर, एक महिनाको अवधिमा पनि दलले लिने सिट संख्याको टुंगो लाग्न सकेको छैन । यसबीचमा कार्यदल र शीर्ष तहमा १६ पटकसम्म बैठक बसेका थिए । सिट संख्याभन्दा बढी दाबी गरेका दलहरूले लचकता नदेखाउँदा सहमति हुन सकेको छैन  । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्न ११ दिन मात्र बाँकी छँदा पनि गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन । यसले गर्दा शीर्ष नेतामाथि दबाव परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved