प्रधानमन्त्री र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता

नेपालभ्युज

प्रधानमन्त्री र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीच भेटवार्ता

काठमाडौं नेपालको औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मंगलबार भेटवार्ता भएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहेका जनरल पाण्डेले मंगलबार बिहान माउन्टेन फ्लाइट गरेका थिए । तत्पश्चात् उनले, शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरी उक्त कलेजको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी हासिल गरेको सेनाले जनाएको छ ।

भ्रमणकै क्रममा उनले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरूसँग अन्तर्क्रिया गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved