चिकित्सकमाथिको ज्यादती सह्य छैन : डा. पाण्डे

नेपालभ्युज

चिकित्सकमाथिको ज्यादती सह्य छैन : डा. पाण्डे

काठमाडौं। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा‍. करण साहलाई पक्राउ पुर्जी जारी भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । देशभरका चिकित्सकहरूले आ-आफ्ना ठाउँमा विरोध गरेका छन् ।

नुवाकोटको त्रिशूली अस्पतालका चिकित्सकहरूले बिहान साढे ९ बजेदेखि १० बजेसम्म कालोपट्टी बाँधेर विरोध गरेका हुन् । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले चिकित्सकमाथिको दुर्व्यवहार सह्य नहुने बताएका छन् । बिरामीको ज्यान बचाउने चिकित्सकलाई नै झुटा मुद्दा लगाएर फसाउन खोजिएको उनको भनाइ छ ।

उनले चिकित्सको सुरक्षा ग्यारेन्टी नहुँदासम्म स्वास्थ्य सेवा गुणस्तरीय हुन नसक्ने बताए । स्वास्थ्यकर्मी तथा स्वास्थ्य सुरक्षासम्बन्धी कानुन बने पनि कार्यान्वयन हुन नसक्नु दु:खद् भएको बताए । उनले भने- ‘हामी चिकित्सक बिरामीको जाँच गर्छौं जीवन बचाउछौँ  फेरि पनि उनीहरूबाटै कुटिन्छौं यति गर्दा पनि नभएर जेलमा लगेर कोच्छन्, यो अब सह्य छैन ।

‘एसिया इन्टरनेसनल मोडेल इङ्लिस स्कुल जुम्लामा कक्षा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीबाडाका ६ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा. साहले बालहिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

त्यसपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ । केही दिनअघि मात्रै डा. साहलाई प्रतिष्ठानमै कार्यरत एक कर्मचारीले कुटपिट गरेका थिए। आक्रमणका विषयमा यथार्थ जानकारी लिन नेपाल चिकित्सक संघका प्रतिनिधि जुम्ला पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved