जसले पाँच हजार वटा कार चोरे, १ सय ८० मुद्दा दर्ता,  नेपालसँग के छ सम्बन्ध ?

भारतको दिल्ली पुलिसले अनिल चौहान नामका एक ठूलो चोरलाई पक्राउ गरेको छ । पक्राउ परेका अनिल चौहानमाथि ५ हजारभन्दा बढी कार चोरी गरेको आरोप छ र उनले लामो समयदेखि अपराध गर्दै आएका छन् ।

नेपालभ्युज

जसले पाँच हजार वटा कार चोरे, १ सय ८० मुद्दा दर्ता,  नेपालसँग के छ सम्बन्ध ?

नयाँ दिल्ली।  भारतको दिल्ली पुलिसले अनिल चौहान नामका एक ठूलो चोरलाई पक्राउ गरेको छ । पक्राउ परेका अनिल चौहानमाथि ५ हजारभन्दा बढी कार चोरी गरेको आरोप छ र उनले लामो समयदेखि अपराध गर्दै आएका छन् ।

आरोपीलाई केन्द्रीय दिल्ली प्रहरीको विशेष स्टाफ टोलीले असमबाट पक्राउ गरेको हो।प्रहरीका अनुसार अभियुक्त २७ वर्षदेखि अपराधको दुनियाँमा रहेकाले धेरै ठूला चोरीका घटनाहरू गरिसकेका छन् । कार चोरी बाहेक अनिल चौहानविरुद्ध हत्या, हतियार ऐन र तस्करीका मुद्दा पनि दर्ता छन् । उनले ९० को दशकमा सबैभन्दा बढी कार (मारुती ८००) चोरेका थिए ।

उनी कार चोरेर जम्मू–कश्मीर, नेपाल र उत्तरपूर्वी राज्यमा पठाउने गर्थे ।  आरोपीले कार चोरी व्यवसायबाट मनग्य सम्पत्ति आर्जन गरेका छन् । चोरीको पैसाबाट उनले दिल्ली, मुम्बई र उत्तर पूर्वी राज्यहरूमा धेरै सम्पत्ति जम्गमा रेका छन्।

आर्थिक प्रवर्तन निर्देशनालय ईडीले उनीविरुद्ध कालोधनको मुद्दा पनि दर्ता गरेको थियो। सन् १९९० मा उनी दिल्लीको खानपुर क्षेत्रमा बस्ने र अटो रिक्सा चलाउने गरेको बताइएको छ । त्यसपछि उनी अपराधको दुनियाँमा आए र उनले पछाडि फर्केर हेर्नुपरेन ।

पछिल्लो समय उनले हतियार तस्करी गर्दै आएका थिए ।५२ वर्षीय अनिलविरुद्ध १ सय ८० वटा मुद्दा दर्ता छन् । अभियुक्त आसाम सरकारमा क्लास एक ठेकेदार हुन्। पक्राउ परेका अनिलबाट ६ थान पेस्तोल र ७ थान कारतूस बरामद भएको छ । उनले १२ कक्षासम्म पढेका छन् । उनका दुई श्रीमती र ७ सन्तान छन् । उनी २०१५ मा कांग्रेस विधायकसँगै पक्राउ परेका थिए ।

असममा अनिल सरकारी ठेकेदार बनेका थिए र त्यहाँका स्थानीय नेताहरूसँग सम्पर्कमा थिए।सन् २०१५ मा  ईडीले अनिल चौहान र असमका कांग्रेस विधायक र अनिललाई गिरफ्तार गरेको थियो । त्यसपछि उनी ५ वर्ष जेलमा थिए र अन्तिम पटक २०२० मा जेलबाट बाहिर आएका थिए । ईडीले उनको करोडौंको सम्पत्ति पनि जफत गरेको छ।

उत्तर पूर्वमा प्रतिबन्धित संगठनहरूलाई हतियार आपूर्ति गरिरहेको हुनाले दिल्ली पुलिसले आतंकवादी कोणको पनि अनुसन्धान गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved