महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भुटानसँग खेल्दै

महिला साफ च्याम्पियनशिप फुटबल आज मंगलबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।

नेपालभ्युज

महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भुटानसँग खेल्दै

काठमाडौं।  महिला साफ च्याम्पियनशिप फुटबल आज मंगलबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले भुटानसँग खेल्दैछ । खेल बेलुका साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ। नेपाल, भुटान र श्रीलङ्का समूह ‘बी’ मा रहेका छन् । भारत, पाकिस्तान, माल्दिभ्स र बङ्ग्लादेश समूह ‘ए’ मा रहेका छन् ।

नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिताको उपाधि जित्नका लागि प्रयास गर्ने बताएकी छिन् ।

कप्तान एन्जिलाले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आयोजना हुने प्रतियोगिताको उपाधि जित्नलाई प्रयास गर्ने बताइन् । नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा चोट बोक्दै बाहिरिए पनि कप्तानको आर्मब्याड पाएकी एन्जिलाले घरेलु समर्थक र मैदानको भरपुर फाइदा उठाउँदै खेल्ने र उपाधि जित्न प्रयास गर्ने बताएकी हुन् ।

नेपाली टोलीका प्रशिक्षक कुमार थापाले विगतमा भएको कमजोरी घटाएर राम्रो फुटबल खेल्दै उपाधि जित्ने लक्ष्य लिएको बताए ।

अहिलेसम्म सम्पन्न साफ च्याम्पियनशिपका खेलमा नेपाल भुटानसँग पराजित भएको छ्रैन । भुटानकी प्रशिक्षक क्युङ सुक होङले प्रतियोगिताका लागि राम्रो तयारी गरेर आएको र केही दिनको नेपालको अभ्यास खेलबाट टोलीमा मनोबल उच्च भएको बताइन् । टोलीकी कप्तान पेमा छोदेन छिरिङले घरेलु मैदानमा नेपालको सामना गर्न सहज नहुने बताए पनि प्रतिस्पर्धात्मक खेल हुने बताइन् । नेपाली समर्थक माझ खेल्न मानसिक रूपमा कठिन हुने र अनुभव कम भए पनि राम्रो खेल्न प्रयास गर्ने उनको भनाइ छ ।

यस्तै अन्य टोलीले पनि साफ महिला च्याम्पियशिपका लागि तयारी राम्रो गरेको र प्रतिस्पर्धात्मक खेलका लागि तयार रहेको प्रतिक्रिया दिए ।

प्रतियोगितामा पाकिस्तानले आठ वर्षपछि सहभागिता जनाउँदै छ । यो संस्करणमा साफका सबै देशले सहभागिता जनाउँदै छन् । प्रत्येक समूहबाट अङ्कको आधारमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved