आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

नेपालभ्युज

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं। सोमबार सुनको मूल्य तोलामा एकसय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एकसय रुपैयाँले बढ्दै ९३ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै, तेजावी सुनको मूल्य पनि आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्र बढ्दै एक हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved